राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षण
नेपालका होटल, रेष्टुरेन्टले वर्षमा कतिको गर्छन् कारोबार ?
बुधबार, १७ पुस २०८१, १६ : ५६

काठमाडौँ । नेपालमा सञ्चालित होटल र रेष्टुरेन्टले सवा ३ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको बिक्री गर्ने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षणले यो अवस्था देखाएको हो ।
यसमध्ये यसरी सेवा प्रवाह गरेका कम्पनीहरुको लागत २ खर्व १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबर हुन आउँछ । यो हिसाबले उनीहरुले वार्षिक १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गर्ने गरेको अवस्था देखिन्छ ।
२०८० मा गरिएको उक्त सर्भेक्षणले यस्ता व्यवसायिक प्रतिष्ठानको संख्या १ लाख ४२ हजार २२३ रहेको र उनीहरुको कुल स्थायी सम्पत्ति ५ खर्व ४३ अर्ब २५ करोड ८२ लाख रहेको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
-
बहुआयामिक प्रदीप नेपाल उर्फ सञ्जय थापा
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग