कांग्रेस–एमालेको सरकारले कुनै सकारात्मक सन्देश दिन सकेनः उपेन्द्र यादव
बाँके । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमालेजस्ता ठुला दल मिलेर सरकार बनाएपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका छन् ।
अवधि पत्रकार संघ नेपालले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले ठुला दल मिलेर सरकार बनाएको धेरै दिन भएपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका हुन् ।
उनले नयाँ सरकार बनेपछि पनि आर्थिक, राजनीतिक, प्रशासनिक, विकास निर्माण लगायतका क्षेत्रमा कुनै सुधार हुन नसकेको बताए ।
यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफूहरूले धेरै अघि नै आन्दोलन गरेको भन्दै अव संविधान संशोधन र परिमार्जन आवश्यक रहेको धारणा राखे ।
विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने उनले बताए ।
अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानुन बनाउन नसक्दा सङ्घीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको धारणा पनि राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण