ओलीमाथि रावलको आरोप प्रचण्डको 'कपि पेस्ट' : एमाले
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले हालै एमालेले कारबाही गरेका भीम रावलले अध्यक्ष ओलीमाथि लगाएको आरोप अपेक्षित नै भएको बताएका छन् । साथै उनले रावलको आरोप नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७७ सालमा लगाएको भन्दा भिन्न नरहेको बताए ।
बिहीबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा उपमहासचिव समेत रहेका ज्ञवालीले ओलीबारे रावलको आरोप प्रचण्डकै कपिपेस्टको संज्ञा दिए ।
‘हामीले धेरै छलफल गरेनौँ । किनभने त्यो नौलो कुरा भएन । २०७७ साल कात्तिकमा यिनै भाषामा प्रचण्डले अध्यक्ष केपी ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो’, ज्ञवालीले भने,‘एक किसिमले कपिपेस्ट जस्तै हो नयाँ कुरा छैन ।’
आरोप लगाएबाटै रावलमा कति धेरै नकारात्मकता भरिएको रहेछ भन्ने पुष्टि भएको ज्ञवालीको भनाइ छ ।
‘एकजनमा बाबुराम, प्रचण्डहरू पुराना पार्टीलाई डिक्सनेरीमा भएका सबै शब्द प्रयोग गर्नुहुन्थ्यो, पछि रविजीहरू पनि त्यसैगरी उदाउनुभयो । गालीगलौजले देश बन्दैन’, ज्ञवालीले भने, ‘३१ पेजमा साढे ३० पेज गालीगलौज र आधा पेज अभियान चलाउने कुरा गर्नुभएपछि छलफल गर्नुपर्ने विषय हामीलाई लागेन ।’
ज्ञवालीले प्रतिनिधि सभा विघटन, नेकपा विभाजन लगायतका विषय रावलले उठाएको भन्दै तिनै मुद्दा तत्कालीन गठबन्धनले चुनावमा लगेपनि जनताको रोजाइमा एमाले रहेको देखिएको दाबी गरे ।
साथै उनले गालीगलौजको प्रतिस्पर्धामा नगएर देश बनाउने अभियानमा लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण