वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
वासिङ्टन डीसी । बुधबार लास भेगासमा रहेको अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटल अगाडि साइबर ट्रक विस्फोट भएको थियो । सो ट्रकका चालक म्याथ्यू लिभेल्स्बर्गर अमेरिकी सेनाका सक्रिय जवान भएको खुलासा भएको छ । अनुसन्धानमा संलग्न स्रोतले बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
न्यू अर्लियन्समा नयाँ वर्षको मध्य राति १४ जनाको ज्यान जाने गरी भएको घटनाका मुख्य सन्दिग्ध पनि पूर्व अमेरिकी सेना नै थिए । लिभेल्स्बर्गर सेनाको विशेष बल ‘ग्रिन बेरेट्स’का माष्टर सर्जेन्ट भएको चार अमेरिकी अधिकारीले भनेका छन् । यो भनेको सेनाको वरिष्ठ पद हो । जर्मनीमा खटाइएका लिभेल्स्बर्गर घटनाको समयमा छुट्टीमा अमेरिका आएका थिए ।
मृत्युको समयमा लिभेल्स्बर्गर छुट्टीमा रहेको अमेरिकी सेनाले बिहीबार एउटा विज्ञप्ति जारी गर्दै भनेको छ । उनको मृत्यु लास भेगासमा विस्फोटकै क्रममा भएको हो कि होइन चाँहि बताइएको छैन । ग्रिन बेरेट्सलाई विदेशमा गुरिल्ला युद्ध र अपरम्परागत डङ्गका लडाई लड्न तयार पारिएको हुन्छ । बिहीबार लास भेगासका शरिफ केभिन म्याकमहिलले चाँहि ट्रम्पको होटलबाहिर विष्फोटमा सात जना घाइते भएपछि साइबर ट्रकका चालकले आफ्नो टाउकोमा गोली हानेको बताएका थिए ।
विस्फोटका कारण शरीर चिन्नै नसक्ने गरी जलेकोले अधिकारीहरूले लिभेल्स्बर्गरलाई साइबरट्रक भित्रै भएका व्यक्तिको रूपमा पहिचान नगरेको म्याकमहिलले भनेका छन् । डीएनए वा मेडिकल रेकर्डबाट यसको पूष्टि नुहँदा सम्म यस विषयमा आफूले केही नबोल्ने पनि उनले बताए । ट्रकभित्र भेटिएको शवमा लिभेल्स्बर्गरको पेट र पाखुरमा भएको जस्तै ट्याटु भएकोले मृतक लिभेल्स्बर्गर नै हुन सक्नेमा अधिकारीहरू विश्वस्त भएको चाँहि म्याकमहिलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण