सुस्मिता मृत्यु प्रकरण : युवकको नाममा कोठा बुक
शुक्रबार, १९ पुस २०८१, १३ : ५६
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा पुस १६ मा सुस्मिता खड्का मृत फेला परिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।
पुस १६ मा मध्यान्ह उनीसँगै होटलमा गएका युवक फरार छन् । होटलको कोठा ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापाको नाममा बुक भएको भेटिएको छ । युवकका परिवार आलापोटमा बस्छन् । थापाले आफ्नो सवारी चालक अनुमति पत्रको फोटोकपी होटलमा बुझाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
होटल बुक गर्ने युवकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । सुस्मिताको शरीरमा घाउचोट देखिएको छैन । अनुसन्धान अधिकृतहरूले उनको हत्या भएको आशंका गरेका छन् । उनको मृत्युको कारण खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण