गौशाला घटना : सँगै होटलमा गएका युवक कोठामा ताला लगाएर फरार
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा मृत फेला परेकी युवतीको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीले त्यसबारे आधिकारिक तथ्य सार्वजनिक गरेको छैन ।
कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनीसँगै होटलमा एक जना युवक प्रवेश गरेको देखिएको छ ।
पुस १६ मा मध्यान्ह दुवै जना सँगै होटलमा प्रवेश गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । करिब ३ घण्टापछि सुस्मिता सँगै गएका युवक ढोकामा ताला लगाएर फरार भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । एक जना अधिकृत भन्छन्, ‘बाहिरबाट ढोक लक गरेर चाबी लिएर आरोपी भागेको देखिन्छ ।’
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण