गौशालामा मृत भेटिएकी युवतीको हत्या भएको आशंका

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा मृत फेला परेकी युवतीको हत्या भएको आशंका गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । उनको हत्या भएको आशंका गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए । उनी पुस १६ मा सो होटलमा पुगेकी थिइन् ।
शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’
ढोका नखुलेपछि फुटाएर हेर्दा उनी मृत अवस्थामा भेटिएकी हुन् । उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागी जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन
-
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
-
हाजिर हुन दिलभूषणलाई प्रहरीको सार्वजनिक सूचना, कानुनले के भन्छ ?
-
वसन्त चौधरीको आख्यान ‘देवयानी’ विमोचित