सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सुझाव
काठमाडौँ । लोकसेवा आयोगले निजामती सेवामा माथिल्लो तहमा १० प्रतिशत र ९० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्ति गर्नु उपयुक्त हुने सुझाव दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफलका क्रममा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सुझाव दिएका हुन् ।
उनले निजामतीमा सेवा प्रवेशमा उमेरहद समावेशीमा ३७ वर्ष र खुलामा ३२ वर्ष राख्ने विधेयकको प्रस्ताव उचित रहेको बताए । त्यस्तै अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने व्यवस्था गर्न उनले सुझाव दिए ।
निजामती क्षेत्रमा ट्रेड युनियन पनि एउटामात्रै आधिकारिक रूपमा राख्नुपर्ने उनले बताए । त्यस्तै आयोगले स्थानीय तह र प्रदेशको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव पनि संघ मातहत नै हुनुपर्ने सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण