जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाको शेयर किन्ने कर्णाली सरकारको निर्णय
सुर्खेत । कर्णाली प्रदेश सरकारले जगदुल्ला ‘ए’ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको शेयर किन्ने भएको छ ।
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाहले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शेयर किन्ने निर्णय पारित गरेको बताए ।
उक्त जलविद्युत् आयोजना १२० मेगावाट क्षमताको छ । निर्माण कम्पनीले आह्वान गरेको शेयरमध्ये ४१ करोड ४९ लाख ३० हजार बराबरको शेयर लगानी कर्णाली सरकारले गर्ने भएको उनको भनाइ छ ।
यस्तै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि स्वीकृत गरेको छ भने कर्णाली प्रदेश जलचर संरक्षण विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गरेको छ ।
एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरिएको छ भने मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम कार्यविधि स्वीकृत गरिएको छ ।
यो कार्यक्रम विगतदेखिनै चर्चामा रहेको तर कार्यान्वयन हुन नसकेको कार्यक्रम हो । यस्तै विद्यालय पूर्वाधार विस्तार सुधार कार्यक्रम कार्यविधि, महिला उद्यमी पुरस्कार वितरण कार्यविधिदेखि वृत्ति मार्गनिर्देशन सेवा केन्द्र सञ्चालन कार्यविधि स्वीकृत गरिएको प्रवक्ता शाहले जानकारी दिए ।
यस्तै बाल गृह स्थापना तथा सञ्चालनको विषयमा पनि निर्णय भएको छ भने स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, ०८१ स्वीकृत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण