दलित विधेयक तत्काल समितिमा छलफल गरी अगाडि बढाउने निर्णयसँगै १८ दिनदेखिको आन्दोलन स्थगित
सुर्खेत । ६ वर्षदेखि कर्णाली प्रदेश सभामा अलपत्र परेको दलित विधेयक यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने निर्णय भएको छ ।
शुक्रबार बसेको प्रदेश सभा अन्तर्गत सामाजिक विकास समितिको बैठकले उक्त विधेयकलाई तत्काल समितिमा छलफल गरी अगाडि बढाउने निर्णय गरेको हो ।
यतिबेला सामाजिक विकास समिति सभापतिविहीन छ । समितिका ज्येष्ठ सदस्य पूर्णबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकमा केही समयदेखि आन्दोलनमा रहेका दलित समुदायका व्यक्तिहरूलाई समेत उपस्थित गराइएको थियो ।
निर्णयमा भनिएको छ, ‘हाल कर्णाली प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भइ बैठक सञ्चालन नभएको अवस्थामा सभाको अधिवेशन सुचारु भएर समितिले पूर्णता पाए पश्चात् दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने निर्णय गरियो ।’
योसँगै दलित अधिकारका लागि एकीकृत आन्दोलनले विगत १८ दिनदेखि गर्दै आएको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ । दलित अधिकारकर्मी गम्भीरसिं भुलले आन्दोलन स्थगित गरिएको जनाए ।
उनीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि चाँडो विधेयक पास गर्नुपर्ने मागसहित धर्नामा थिए । कर्णाली दलित समुदायको बाहुल्यता भएको प्रदेश हो । यहाँको कुल जनसंख्याको २९ प्रतिशत दलित समुदाय छ ।
उक्त विधेयक ०७५ मै ल्याइएको थियो । यद्यपि विभिन्न कारण देखाउँदै सरकारले उक्त विधेयक अघि बढाएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण