पर्यटन गन्तव्य बनाउँदा सरकार प्राथमिकीकरणको विषयमा अल्झिँदैन : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले नेपालको हरेक ठाउँहरू पर्यटकीय गन्तव्य बनाउनुपर्ने भएकाले सरकार प्राथमिकताका आधारमा अघि बढ्ने बताए । उनले पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने निकायहरू प्राथमिकिकरणको विषयमा अल्झिरहेकाले योजनाहरू समयमै सम्पन्न गर्न नसकिएको बताए ।
उनले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगै तीनै तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताए । उनले देशभरका होटलहरुको स्तरअनुसारको मापदण्ड बनाउनका लागि मन्त्रालयले कार्यदल गठन गरेको समेत बताए । उनले स्तरअनुसारका होटल मादण्डअनुसार नचल्दा समस्या भएको भन्दै यस्तो निर्णय लिएको बताए । उनले देशभर निर्माण हुने पदमार्गको मादण्ड बनाउन मन्त्रालय गृहकार्यमा जुटेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण