रियाल मड्रिड ला लिगाको शीर्षस्थानमा
शनिबार, २० पुस २०८१, ०४ : ५३
काठमाडौं । रियाल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा भ्यालेन्सिलाई २-१ ले हराउँदै रियाल शीर्ष स्थानमा उक्लिएको हो ।
ह्यूगो डुरोले सुरुवाती अग्रता दिलाएको भ्यालेन्सिया दोस्रो हाफपछि दबाबमा आयो । रियालले ५५ र ५९ औं मिनेटमा गरेका दुई प्रहारले गोलको मान्यता पाएनन् । र, ७९ औ मिनेटमा मिनिसियस जुनियरले रातो कार्ड खाएपछि १० जनामा सिमिति भएको रियाल थप आक्रामक बन्यो ।
८५ औं मिनेटमा लुका मोड्रिच र अतिरिक्त समयमा जुड बेलिङ्गहमले गोल गर्दै टोलीलाई जित दिलाए । जितसँगै रियाल ४३ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ भने ४१ अंक बटुलेको एटलेटिको मड्रिड दोस्रो स्थानमा झरेको छ । बार्सिलोना भने ३८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण