साताभर सुनको मूल्यमा उतारचढाव, तोलामा २८ सय रुपैयाँ बढ्यो

काठमाडौँ । यो साता सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य यो शुक्रबार अर्थात पुस १९ गते १ लाख ५३ हजार ५०० रुपैयाँ पुग्यो । यस आधारमा सुनको मूल्य एक सातामा २ हजार ८०० रुपैयाँ बढेको छ ।
महासंघका अनुसार यो साताको साताको कारोबारको पहिलो दिन १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात सोमबार बढेर तोलामा १ लाख ५० हजार ६०० रुपैयाँ पुग्यो । यस्तै मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने १ लाख ५१ हजार ५०० पुगेको र शुक्रबार थप बढेर १ लाख ५३ हजार ५०० कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटबढ हुँदै शुक्रबारसम्म आइपुग्दा १ हजार ८१० रुपैयाँ कायम भएको छ । अघिल्लो शुक्रबार भने चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।
त्यसपछि आइतबार १ हजार ७९०, सोमबार १ हजार ७९५, मंगलबार र बुधबार १ हजार ७६५, बिहीबार १ हजार ७९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थोमस मुलरका लागि सुखद रह्यो घरेलु मैदानमा खेलिएको अन्तिम खेल
-
गायक सुगम पोखरेलको 'यति छिटो' बोलको गीत सार्वजनिक
-
प्रचण्डलाई शंकर पोखरेलको प्रश्न–तपाईं के बोल्दै हुनुहुन्छ ?
-
नेपालमा फिल्मसिटी अत्यावश्यक भइसक्यो
-
‘फिल्मसिटी के हो भन्ने ६० प्रतिशत फिल्मकर्मीलाई नै थाहै छैन’
-
योजनाकाे होइन समस्याको प्राथमिकीकरण गर्नुपर्छ : जगतबहादुर पार्की