आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
काठमाडौँ । राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकले राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियान सम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन परिमार्जनसहित पारित गरेको उनले बताए ।
बैठकले भ्रष्टाचारको विरुद्ध र सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनालगायतको माग राखेर चैत महिनादेखि जनसंघर्ष सुरु गर्ने निर्णय पनि गरेको छ।
यस्तै बैठकले भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्न अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सट्टा ‘जनलोकपाल’को अवधारणामा आधारित अधिकार सम्पन्न संवैधानिक निकायको व्यवस्था गर्न माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण