किंग्स क्रिकेट एकेडेमीलाई स्युचाटार क्रिकेट लिगको उपाधि
काठमाडौँ । स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ। काठमाडौँ स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा आज सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो ।
उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९. २ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए। यस्तै प्रदीप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए। ओपनरद्वय आश्रय र प्रदिपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। ग्रेट हिमालयका नितेश कुमार र सन्दिप पराजुलीले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेट क्षेतीमा ५८ रन बनायो। उसको लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए। रुपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए। किंग्सको बलिङमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले १/१ विकेट लिए।
उपाधि सहित किंग्स क्रिकेट एकेडेमीले १ लाख रुपैयाँ पायो। उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ पायो। प्लेयर अफ द सिरिज घोषित टिम बिडीएमएसका निरज भट्ट घोषित भए जसले १० हजार रुपैयाँ पाए। यस्तै उत्कृष्ट बलर पनि निरज नै घोषित भए भने उत्कृष्ट ब्याटर टिम बिडीएसका जतिन थापा घोषित भए। उत्कृष्ट ब्याटर र बलरले समान ५ हजार रुपैयाँ पाए।
उपाधि विजेता खेलाडीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य ध्यान गोविन्द रन्जितले पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहमा ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, नेपाली कांग्रेसका नेता श्याम कृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो। तारकेश्वर युथ क्लबको आयोजनामा ८ दिन सञ्चालित प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण