न्यायिक समितिलाई प्रभावकारी बनाउनुपर्छ : अध्यक्ष दत्त
जनकपुरधाम । मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले संविधानप्रदत्त अधिकार उपयोग गर्दै देशभरका पालिकाले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।
मधेसी आयोग नेपालद्वारा शनिबार आयोजित प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तहका विवाद पालिकाका न्यायिक समितिले समाधान गर्नुपर्ने बताएका हुन् । साथै अध्यक्ष दत्तले सक्षम एवं अधिकार सम्पन्न बनाउनेतर्फ पालिका प्रमुख तथा उपप्रमुखले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
आयोगका सदस्य जीवछ साहले मधेसी आयोगको काम कर्तव्य अधिकारबारे जानकारी दिँदै बजेट अभावले आयोगलाई काम गर्न समस्या भएको गुनासो गरे । धनुषा जिल्ला अदालतका जिल्ला न्यायाधीश चुरामन खड्काले पालिकाबाट स्थानीयस्तरका झगडा मिलाउँदा अदालतमा मुद्दाको चाप घट्नका साथै न्यायप्राप्तिमा विलम्ब नहुने बताए ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले स्थानीयस्तरका विवाद स्थानीय तहबाटै समाधान गर्नुपर्ने जिकिर गरे । धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले न्यायिक समितिहरूबाट अपेक्षित रूपमा कार्यसम्पादन नहुँदा प्रहरीमाथि थप बोझ परेको गुनासो गरे ।
प्रशिक्षणमा धनुषाका १८ पालिकाका उपप्रमुख तथा प्रशासकीय अधिकृत र जिल्लाका प्रहरी कार्यालय धनुषाअन्तर्गतका सहायक तथा अधिकृतस्तरका कर्मचारी गरी ५० जना सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण