'सुटुक्क' नेपाल आएर फर्किए बलिउड अभिनेता गोविन्दा
शनिबार, २० पुस २०८१, १८ : २९
काठमाडौँ । बलिउड अभिनेता गोविन्दा सुटुक्क नेपाल आएर स्वदेश फिर्ता भएका छन् । डिसेम्बर अन्तिममा नेपाल आएका उनी शनिबार स्वदेश फर्किएका हुन् ।
उनी नेपाल आउँदा मिडियाकर्मीको सम्पर्कमा आएनन् भने कुनै हल्लाखल्ला पनि गरिएन । जसका कारण धेरैले उनी नेपाल आएकोबारे पत्तै पाएनन् ।
स्रोतका अनुसार उनी एक प्रोजेटको सिलसिलामा नेपाल आएका हुन् । तर, त्यो प्रोजेक्ट के हो भन्नेबारे केही खुलाइएको छैन । उनलाई स्वदेश फर्किँदा विमानस्थलमा नेपाली कलाकार किरण केसीले बिदाइ गरेको तस्बिर रातोपाटीलाई प्राप्त भएको छ ।
गोविन्दा यसअघि पनि पटक पटक नेपाल आउने गरेका थिए । पछिल्लो पटक उनी रौतहटको मौलापुरमा आयोजित मधानी महोत्सवमा सहभागी हुन नेपाल आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण