बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो : आशिष र सपना उत्कृष्ट खेलाडी
काठमाडौँ । काठमाडौँका आशिष भुजेल र सपना रिखाम दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका आशिषले पुरुष ६८ केजीमुनि तथा सपनाले महिला ४६ केजीमुनि स्वर्ण जितेका थिए ।
टोखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० केजीमुनि काठमाडौँका शुभम्जंग कुमार, ५४ केजीमुनि काठमाडौँका रोजन लामा, ६३ केजीमुनि चितवनका हरिबहादुर परियार र ५८ केजीमुनि काठमाडौँका अर्पण लामाले स्वर्ण जिते ।
काठमाडौँ जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला ४९ केजीमुनि काठमाडौँकी पासाङ लामा, ५७ केजीमुनि भक्तपुरकी सोया चक्रधर, ४३ केजीमुनि चितवनकी सोनम महतो र ६३ केजीमुनि काठमाडौँकी स्वस्तिका महर्जनले पहिलो स्थान हात पारे ।
विजेतालाई टोखा नगरपालिकाका खेलकुद संयोजक नरोत्तम राणा, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । टोखा नगरपालिका वडा ५ मा भएको प्रतियोगितामा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रञ्जित डगौराले जनाएका छन् । दुई दिने प्रतियोगितामा पुरुष÷महिलामा समान ५–५ गरी १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण