राष्ट्रपति, उपराष्ट्रपति र सभामुख भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किनु पश्चगामी : न्यौपाने
आइतबार, २१ पुस २०८१, ०९ : २६
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले निश्चित जिम्मेवारी, उमेर र अवधि पूरा गरेपछि सक्रिय पार्टीको सङ्गठनात्मक जीवनबाट बिदा अनिवार्य हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।
उनले थप भनेका छन्– पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका जस्तै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदिहरू पुनः सक्रिय सङ्गठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ ।
सक्रिय सङ्गठनात्मक जीवनमा नफर्कने व्यक्तिहरूलाई त्यस्ता जिम्मामा पठाउनुपर्ने भन्दै उनले सङ्गठनात्मक जीवनमा प्रवेशको ढोका खुल्ला हुने तर निस्कने ढोका सबै बन्द गर्दा नयाँहरूको प्रवेश नहुने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण