‘बलिदान’ छायाङ्कनका लागि कालिमाताको भव्य मूर्ति निर्माण
काठमाडौँ । फिल्मका लागि खुलेरै लगानी गर्ने निर्माता हुन् सन्तोष सेन । उनी फिल्मका लागि कहिले भव्य सेट बनाउँछन् त कहिले विदेशका महँगो लोकेसन देखाउँछन् । सेनले अहिले मोरङमा कालिमाताको भव्य मूर्ति तयार गरेका हुन् ।
फिल्म ‘बलिदान’ को छायाङ्कनका लागि उनले उक्त मूर्ति बनाएका हुन् । उनले बनाएको मूर्ति दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो छ ।
मूर्ति मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा तयार गरिएको हो । फिल्मको छायाङ्कन भइसकेपछि उक्त मूर्ति त्यतिकै राखिएको छ । उक्त मूर्ति राखिएको स्थान ‘काली चौर’ का रूपमा परिचित बन्दै सर्वसाधारणको भिड समेत लाग्न थालेको सेनको भनाई छ ।
फिल्मको कथाअनुसार मूर्ति तयार गरेको सेनले बताए । ‘देशभर खोजी गर्दा पनि फिल्मका लागि उपयुक्त मूर्ति नभेटेपछि भारतको कलकत्ताबाट कालिगड बोलाएर मूर्ति तयार गरेको हो’, सेनले भने ।
निर्देशक सेनका अनुसार, ‘बलिदान’को छायाङ्कन पूरा भइसकेको छ । फिल्मको रिलिज मिति औपचारिक रूपमा घोषणा हुन बाँकी छ । ‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित छ ।
‘आसुसेन फिल्म्स प्रा.लि.’को प्रस्तुति रहेको फिल्ममा समिर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, ऋचा शर्मा लगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण