अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ सभापति दुजाङ शेर्पमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । नेविसंघ इतर समूहका नेता प्रेमिका रानाको नेतृत्वमा शेर्पाविरुद्ध उजुरी परेको हो ।
उजुरी मार्फत उनीहरूले केन्द्रीय अध्यक्ष शेर्पाले विभिन्न क्याम्पसमा केन्द्रीय प्रतिनिधि पठाउँदा वा सङ्गठनका विभिन्न संरचनाका जिम्मेवारी तोक्दा आर्थिक लेनदेन गर्ने होटेल तथा रेस्टुरेन्टका बिल तिर्न लगाउने गरेको आरोप लगाइएको छ ।
‘काठमाडौँ उपत्यका भित्र रहेका निर्वाचित स्ववियू सभापतिहरूलाई केन्द्रीय कार्यालयको भाडा तिर्न रकम देऊ भन्दै दबाब दिने जस्ता अनैतिक गतिविधिले स्वर्णिम इतिहास बोकेको गरिमामय संस्था नेपाल विद्यार्थी सङ्घको साखलाई धमिल्याउन सङ्गठनको नेतृत्व नै लागिपरेको कुरा अवगत गराउँदछौ‚’ उजुरीमा लेखिएको छ ।
यस्तै जाजरकोटमा आएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिकामा विद्यालय पुनः निर्माणको हिसाब सार्वजनिक नगरेको तथा पैसा उठाएर हिनामिना गरेको आरोप लगाइएको छ ।
वैदेशिक भ्रमणका नाममा नेविसंघ केन्द्रीय सदस्यहरूबाट मोटो रकम असुली गरी गलत जानकारी दिएर ठगी गरेको आरोप लगाउँदै छानबिन गर्न माग समेत गरिएको छ । उनीहरुले केन्द्रीय सदस्य धर्माज शाहि, जगतजंग विष्ट, राजकुमारभट्टराईलगायतलाई झुटा जानकारी दिएर रकम लिएर ठगी गरेको आरोप लगाएका छन् ।
नेविसंघ शेखर समूहका केन्द्रीय सदस्यहरूले केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानालाई आइतबार भेटेर केन्द्रीय कार्यालय निवेदन दर्ता गराएको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।
यसअघि आफूमाथि छानबिन गर्न माग गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पनि समितिमा उजुरी दिएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण