९ दिनअघि कर्णालीमा बेपत्ता भएका पुरुष अझै भेटिएनन्
आइतबार, २१ पुस २०८१, १६ : २२
सुर्खेत । पुस १२ गते डोजर पल्टिँदा कर्णाली नदीमा बेपत्ता भएका कालिकोट पचालझरना गाउँपालिका–८, का ४० वर्षीया कुश्माखर सञ्ज्याल अझै भेटिएका छैनन् ।
८ दिन बितिसक्दापनि उनको कुनै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द चौधरीले रातोपाटीलाई जानकारी दिए ।
पुस १२ गते पचालझरना–८ चाटेबगरबाट वडा नम्बर ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा डोजर पल्टिएको थियो ।
डोजरसहित सहचालक समेत रहेका सञ्ज्याल बेपत्ता भएका थिए । चौधरीले स्थानीय र प्रहरीले उनको खोजी कार्य गरिरहेको बताए ।
गोताखोरका लागि केन्द्रमा परिपत्र गरे पनि कुनै रिस्पोन्स नआएको उनको भनाइ छ । डोजरका चालक नमराज मल्ललाई भने सकुशल उद्धार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण