एमाले नेताहरूले भने– भीम रावललाई पार्टीबाट निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया
काठमाडौँ । नेकपा (एमाले)का नेताहरूले पार्टीबाट पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताएका छन् । आइतबार केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनीहरुले यस्तो बताएका हुन् ।
केन्द्रीय सदस्य महेश बस्नेतले विगत तीन वर्षदेखि पार्टी गतिविधिमा सक्रिय नभएको र पार्टी निर्णयको विरोधमा उत्रिएपछि कारबाही गरिएको बताए । उनकाअनुसार पार्टीले सोधको स्पष्टीकरण समेत नदिएको र अर्कै देशव्यापी अभियान सञ्चालन गर्न लागेको सूचना पाएपछि रावललाई पार्टीबाट निष्कासन गरेको हो ।
उनले भने, ‘हामीले पार्टीको दसौँ महाधिवेशनमा उपाध्यक्ष बन्नको लागि निकै अनुनय विनय गर्यौँ । उहाँले पार्टी अध्यक्ष बन्ने तीव्र इच्छा जनाउनु भयो । पार्टी अध्यक्षबाट पराजित भइसकेपछिको पहिलो केन्द्रीय कमिटीको बैठकमा नै हामीले उहाँलाई केन्द्रीय सदस्यको रूपमा पार्टीमा काम गर्न अनुरोध गर्यौँ । उहाँले त्यो प्रस्तावलाई स्वीकार गर्नुभएन । त्यसपछि उहाँलाई सल्लाकार समितिमा बस्ने भूमिका दियौँ । त्यो पनि उहाँले स्विकार्नु भएन । तीन वर्षदेखि उहाँ पार्टीको कुनै गतिविधिमा रहनु भएन । र पार्टीका हरेक निर्णय र हरेक राम्रा गतिविधिका विरुद्धमा उहाँ लाग्नुभयो ।’
एमाले सचिव योगेश भट्टराईले रावललाई अगामी राजनीतिक बाटो अवलम्बन गर्न सजिलो होस् भनेर एमालेले निकास दिएको बताए । उनले रावलले कम्युनिस्ट विचार र कम्युनिस्ट आन्दोलन छोडेको विषयले नै उनी एमालेबाट राजिखुशी निस्किएको स्पष्ट भएको बताए ।
उनले भने, ‘अहिलेको परिस्थितिमा उहाँले नै कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट विचार छोडेको कुराहरु आइरहेको छ । यसबाट नै पुष्टि हुन्छ उहाँ राजिखुशीले नै उहाँलाई राजनीतिक बाटो अवलम्बन गर्न सजिलो होस भने नै नेकपा एमालेले निकास दिएको हो ।’
पार्टी गतिविधिमा सक्रिय नहुने र पार्टीको विधान नमान्ने जोकोहीलाई कारबाही गरिनु सामान्य विषय भएको भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण