एमाले बैठकमा नेताहरूमाथिको कारबाहीमा पुनर्विचार गर्न माग
आइतबार, २१ पुस २०८१, १९ : १७

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरूको कारबाहीमा पुनर्विचार गर्न माग गरिएको छ । आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा पुनर्विचार गर्न आवाज उठेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा केन्द्रीय सदस्य झपट रावल र प्रकाश शाहले कारबाही फिर्ता लिन माग गरेको एक नेताले बताए ।
नेताहरूमाथिको कारबाही पार्टी हितमा नभएको भन्दै उनीहरुले कारबाही फिर्ता लिन आग्रह गरेको ती नेताले बताए ।
मंसिर १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो भने पाण्डे र तिम्सेनालाई ६ महिना जिम्मेवारीबाट मुक्त राख्ने निर्णय गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता
-
लेबर पार्टीले जित्यो अस्ट्रेलियाको चुनाव
-
संस्कारमा खर्च बढे, कानुन छ तर कार्यान्वयन छैन
-
परिवारै मिलेर सहकारीको २ करोड ठगी, तत्कालीन अध्यक्ष पक्राउ
-
एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ : शेखर कोइराला
-
एनआरएनएको एकता महाधिवेशन : नेतृत्व चयन सहमति कि चुनावबाट ?