एमाले बैठकमा नेताहरूमाथिको कारबाहीमा पुनर्विचार गर्न माग
आइतबार, २१ पुस २०८१, १९ : १७
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरूको कारबाहीमा पुनर्विचार गर्न माग गरिएको छ । आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा पुनर्विचार गर्न आवाज उठेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा केन्द्रीय सदस्य झपट रावल र प्रकाश शाहले कारबाही फिर्ता लिन माग गरेको एक नेताले बताए ।
नेताहरूमाथिको कारबाही पार्टी हितमा नभएको भन्दै उनीहरुले कारबाही फिर्ता लिन आग्रह गरेको ती नेताले बताए ।
मंसिर १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो भने पाण्डे र तिम्सेनालाई ६ महिना जिम्मेवारीबाट मुक्त राख्ने निर्णय गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण