‘सीआईबीका प्रहरी हौँ’ भनेर भक्तपुरबाट करिब आधाकिलो सुन लुटपाट
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’का प्रहरी हौँ भनेर एकजना महिलालाई भक्तपुरमा नियन्त्रणमा लिएर लुटपाट गरिएको छ । लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक घर भएकी ३२ वर्षीया मिनसाङ लामा उर्फ अनिता र काभ्रेको तेमाल घर भएका २२ वर्षीय लाल बहादुर तामाङ छन् ।
आरोपीहरुको साथबाट ३४६.०१० ग्राम लिक्विड सुन बरामद गरिएको एसपी आचार्यले जानकारी दिए ।
पक्राउ परेका सुजन नेपाली पूर्व प्रहरी जवान हुन् । उनी ४ महिनाअघि प्रहरी वृत्त महराजगञ्जबाट बर्खास्तीमा परेको खुलेको छ ।
पुस १४ मा दुबईबाट आएकी एकजना महिलालाई गठ्ठाघरमा नियन्त्रणमा लिएर उनीहरुले सानोठिमीस्थित प्रहरी प्रभागमा लगेका थिए । त्यहाँ ‘सीआईबीको प्रहरी हौँ’ भन्दै सुन ल्याउने महिलालाई चेकजाँच गर्न त्यहाँ कार्यरत एकजना महिला प्रहरीलाई आदेश समेत गरेको थाहा भएको छ । चेकजाँचपछि दुबईबाट आउने महिलालाई सीआईबीमा लैजान्छौँ भनेर उनीहरुले ट्याक्सिमा लगेर बिचबाटोमा सुन लुटेर छाडेको खुलेको छ । अवैध रुपमा दुबईबाट सुन ल्याउने महिलाबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण