उपसभामुख‚ महासचिव लगायतविरूद्ध परेका उजुरीबारे राज्य व्यवस्था समितिमा आज छलफल
सोमबार, २२ पुस २०८१, ०९ : ३५
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको आज बस्ने बैठकमा समितिमा प्राप्त निवेदन तथा उजुरीहरूका सम्बन्धमा छलफल हुँदैछ ।
समिति सभापति रामहरि खतिवडाका अनुसार समितिमा ६० भन्दा बढी उजुरी परेको र उक्त उजुरी समिति सदस्यहरूलाई वितरण गरिने छ ।
‘आएका उजुरीहरू कुन हाम्रो अधिकार भित्र पर्छन् पर्दैनन् त्यसबारे सामान्य छलफल हुन्छ । उजुरीलाई कसरी सम्बोधन गरेर जाने विषयमा पनि हामी छलफल गर्छौँ‚’ उनले भने ।
सभापति खतिवडाका अनुसार समितिमा उपसभामुख इन्दिरा राना मगर‚ संसद् महासचिव पद्यप्रसाद पाण्डे‚ एआइजी श्याम ज्ञवाली लगायतका विरुद्ध उजुरी परेको छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण