त्रिवि कार्यकारी परिषद्मा ४ जना सदस्य नियुक्त
सोमबार, २२ पुस २०८१, १५ : ००
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)काे कार्यकारी परिषद् सदस्य पदमा ४ जना नियुक्त भएका छन्। उपकुलपति प्राडा केशरजंग बरालले ५ वटा संकायकाे तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा शंकर खनाल र ४ वटा संकायकाे तर्फबाट मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्राडा दुविनन्द ढकाललाई सदस्य नियुक्त गरेको त्रिवि प्रवक्ता एमन सिंह बाेहराले जानकारी दिए।
त्यस्तै २ जना प्रोफेसरहरूको तर्फबाट प्राडा लालु प्रसाद र डाक्टर जगत माेहन श्रेष्ठ नियुक्त भएका छन् । पुस १२ गतेदेखि २ वर्षे कार्यकाल सकिएपछि सदस्य पद रिक्त थियो।
परिषद्मा उपकुलपति, रेक्टर र रजिस्ट्रारसहित ७ सदस्य रहने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण