सहकारी अध्यादेशमा कमजोरी भएको मन्त्री अधिकारीको स्वीकारोक्ति
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेशमा कमजोरी रहेको स्वीकार गरेका छन् ।
नेपाल कृषि तथा सहकारी केन्द्रीय संघको १७ अौं साधारणसभामा बोल्दै मन्त्री अधिकारीले यी कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
उनले अध्यादेशमा प्रारम्भिक सहकारीमा मात्रै दुई संस्थामा बस्न नपाउने भनेकोमा प्रारम्भिक भन्ने शब्द छुटेको बताए । त्यस्तै दुई कार्यकालको व्यवस्था अध्यादेश कार्यान्वयनमा आएपछि लागू हुने पनि उनले प्रस्ट पारे ।
उनले अहिलेको अध्यादेश सहकारी नै चाहिँदैन भन्ने तप्काको लागि जवाफ भएको दाबी गरे । अध्यादेशले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको लागि नियमन गर्ने प्राधिकरण गठन गरेको, कर्जा सूचना केन्द्र, सुरक्षण कोषको व्यवस्था गरिएको भन्दै यो एउटा सुरुवात भएको बताए ।
उनले आमाले पनि बच्चा रोएन भने दूध नखुवाउने भन्दै समस्या भएका कुरा मन्त्रालयलाई जानकारी दिन आग्रह गरे । 'सबै एकैचोटी मिल्दैन, कानुन अकाट्य हुँदैनन्, त्यो सच्याउन सकिन्छ,' उनले भने, 'लिएर आउनुस्, हामी सच्याउँदै जान्छौँ ।'
उनले सहकारीको ऋण असुली न्यायाधिकरण पनि छिट्टै बन्ने बताए । मन्त्री अधिकारीले सरकारले भूमि सम्याका लागि आयोग बनेको र जिल्लको आयोग पनि पुसभित्रै गठन हुने बताउँदै यो समस्या समाधानका लागि सहयोग गर्न कृषि सहकारी केन्द्रीय संघ अन्तर्गतका सदस्यलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण