अभिनेत्री सिर्जना भन्छिन्– फिल्मको रहर ‘कार्साङ’ ले पुर्यायो

काठमाडौँ । पछिल्लो समय फिल्ममा नवप्रवेशीको संख्या बढ्दो छ । यस्तैमा फिल्म ‘कार्साङ’ बाट सिर्जना निङ्लेखु पनि फिल्ममा प्रवेश गरेकी छन् । फिल्ममा उनी मुख्य अभिनेत्रीको रूपमा देखिनेछिन् ।
उनको अपोजिट भूमिकामा अभिनेता दायहाङ राई छन् । पहिलो फिल्ममै दयाहाङसँग जोडी बाँध्न पाउँदा उनी एकदमै खुसी छन् । दयाहाङसँग जोडिएर अभिनय गर्न पाउँदा पुरा भएजस्तो उनलाई लागेको छ ।
त्यसो त उनी ‘जारी’ बाट नै डेब्यु गर्ने तयारीमा थिइन् । तर, विभिन्न कारणले त्यो सम्भव भएन । ‘जारी’ मा पर्दा पछाडि रहेर काम गरिन् । फिल्ममा को–प्रोडुसरको रूपमा उनको नाम थियो । ‘जारीमा पनि दयाहाङ दाइ नै हुनुहुन्थ्यो । यसमा पनि उहाँ नै हुनुहुन्छ’, उनले भनिन्– ‘अभिनय गर्ने रहर मनमा थियो । ‘जारी’ ले नभए पनि ‘कार्साङ’ ले पुर्यायो ।’
केही सर्ट फिल्ममा समेत काम गरिसकेकी सिर्जनाको ‘कार्साङ’ डेब्यु फिल्म भए पनि काम गर्न असहज भने भएन रे । ‘क्यामराको अनुभव सानातिना प्रोजेक्टबाट लिएको थिए’, उनले भनिन्– ‘सर्ट मुभी र पर्दाकै अरु काम गरे पनि फिचर फिल्ममा केही फरक हुँदोरहेछ ।’
‘कार्साङ’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । यम शेर्पा निर्देशित फिल्ममा दयाहाङ र सिर्जना को अलवा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको फिल्मका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा रहेको फिल्मको कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)
-
कोशी गाउँपालिकाका अध्यक्षद्वारा सुरक्षाकर्मीमाथि गालीगलौज, तीन वटा मुद्दा चलाउने तयारीमा प्रहरी
-
संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबिच सकारात्मक छलफल भयाे : प्रचण्ड