राज्य व्यवस्थामा सांसद थानी र सभापति खतिवडाबिच चर्काचर्की
काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ । सोमबारको समिति बैठकमा थानीले धेरै विधेयकहरू सुतेको भनेपछि थानी र सभापति खतिवडाबिच सवालजवाफ हुँदै चर्काचर्की परेको हो ।
‘संवैधानिक परिषद् विधेयक संसदमा सुतेको छ, अख्तियार विधेयक समितिमा आइसियुमा रहेको छ’, थानीले विधेयकहरू अघि नबढेकोमा चिन्ता प्रकट गरे । थानीले यसो भनेपछि सभापति खतिवडाले उनलाई रोक्दै ‘तपाईंको समितिले दिएको सुझाव धेरै भएको छैन’ भनेर जवाफ दिए ।
त्यसपछि सांसद थानी आक्रोशित बने, उनले भने, ‘समितिमा तपाईं नै बोल्नुस् । ओभरटेक गर्ने ? म बोल्दिनँ’ उनले आफू पनि समिति सभापतिको कुर्सीमा बसेर आएकाले कम नआँक्न स्मरण गराए । ‘म पनि त्यो चियरमा बसेर आएको हो’, थानीको भनाइ थियो ।
त्यसपछि सभापति खतिवडाले थानीलाई बोल्न समय दिए । तर उनी बोल्न चाहेनन् । त्यसपछि एमाले सांसद कृष्ण गोपाल श्रेष्ठले दुवैलाई सम्झाउने प्रयास गरे ।
‘यस्ता विषयमा अन्यथा गर्नु हुँदैन । सभापतिले पनि कुराको शृङ्खला टुट्ने गरी कुरा काट्दा उत्तेजना हुन्छ । नामै राम्रो, हृदयमा राम भएको’, श्रेष्ठले यसरी बैठकको माहौल सामान्यीकरणतर्फ फर्काए ।
राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल गर्न बोलाएको हो ।
साथै सांसद राजेन्द्र राईले पनि सभापति खतिवडामाथि प्रश्न उठाएका छन् । उनले भने,‘सभापतिज्यू तपाईंको स्टान्ड खै ? कहाँ छ, छैन । तपाईंको सचिवालयले वर्क आउट खै ? तपाईं यसलाई सुधार गर्न नसके फेल हुनुहुन्छ । तपाईं फेल हुँदा हामी फेल। सचिवालयको वर्क आउट जिरो छ ।’
सांसद राईले उजुरीका विषयमा पनि सचिवालयमा गृहकार्य गर्न सभापति खतिवडालाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण