१३ जनाबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आशंकामा १३ जनाबारे थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई दिर्नेशन दिएको छ । अनुसन्धान प्रतिवेदनमा तिनपुस्ते यकिन विवरण नखुलेका याम कुमार नाल्बो, सुरज श्रेष्ठ, पुनम कुमारी चालिसे, मिरा बम्जन र संजिव गिरी समेतलाई थप अनुसन्धान गर्न सरकारी वकिलले जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो ।
स्थायी वतन र तिनपुस्ते विवरण नखुलेकाहरुमाथि थप अनुसन्धान गर्न निर्देशन दिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले रातोपाटीलाई बताए । उनले भने, ‘ठुलो मात्रामा कर्जा लिएर नतिर्नेहरु र वतन नखुलेकाहरुमाथी थप अनुसन्धान गर्न भनेका छौँ ।’
अपचलनमा संलग्न प्रचण्डमान प्रधानमाथि पनि थप अनुसन्धान गर्न भनिएको छ । ठुलो मात्रामा कर्जा रकम लिएर नतिर्ने शम्भु गुरागाईं, ओम प्रकाश गुरुङ, लक्ष्मी प्रसाद पौडेल, उमेश गुरुङ, दिपेश कुमार पुन, भिम बहादुर तामाङ र पुष्पा राईबारे पनि थप अनुसन्धान गर्न भनिएको छ ।
तीनपुस्ते विवरण नखुलेकाहरुलाई प्रतिवादी बनाएर मुद्दा लैजाँदा पक्राउ परेको अवस्थामा तत्काल अदालत पेस गर्नुपर्ने बाध्यता रहेको जिल्ला न्यायाधिवक्ता कटुवालले बताए । उनले भने, ‘ठेगाना खुली आएका बखत पक्राउ गरेर उनीहरूलाई थुनामा राखेर विस्तृत अनुसन्धान गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण