अमेरिकी विदेशमन्त्री दक्षिण कोरियोको भ्रमणमा रहेको बेला उत्तरद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
_5DHLDnLDlh.png)
सिओल । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाले पछिल्लो दुई महिनामा उत्तर कोरियाले प्रक्षेपण गरेको यो पहिलो मिसाइल हो ।
सेनाले भन्यो, ‘यो क्षेप्यास्त्रले समुद्रमा खस्नुअघि ११ सय किलोमिटरको दूरी तय गरेको थियो।’ दक्षिण कोरियाले उत्तर कोरियाको यो ‘उत्तेजक कार्य’को कडा निन्दा गरेको जनाएको छ ।
उत्तर कोरियाबाट क्षेप्यास्त्र प्रहार गर्ने यो कारबाही यस्तो समयमा गरिएको हो जब अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा छन् र त्यहाँका धेरै प्रमुख नेताहरूसँग भेटघाट गर्दैछन् ।
अहिले दक्षिण कोरिया राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक-योलले हालै देशमा मार्सल ल लागू गर्ने असफल प्रयास गरेका थिए। यसपछि उनले पदबाट राजीनामा दिएर महाभियोगको सामना गर्नुपरेको थियो ।
अहिले उनीमाथि गिरफ्तारीको तरवार लटकिरहेको छ । देशमा जारी गतिरोध अन्त्य गर्न ब्लिन्केन दक्षिण कोरिया पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
-
राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?
-
काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा
-
सरकार उल्टो बाटो हिँडिरहेको छ, धेरै जाला जस्तो देखिएन : वर्षमान पुन
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड
-
युवा संघमा भाँडभैलो, निर्णय सच्याउन चेतावनी