अमेरिकी विदेशमन्त्री दक्षिण कोरियोको भ्रमणमा रहेको बेला उत्तरद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
सिओल । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाले पछिल्लो दुई महिनामा उत्तर कोरियाले प्रक्षेपण गरेको यो पहिलो मिसाइल हो ।
सेनाले भन्यो, ‘यो क्षेप्यास्त्रले समुद्रमा खस्नुअघि ११ सय किलोमिटरको दूरी तय गरेको थियो।’ दक्षिण कोरियाले उत्तर कोरियाको यो ‘उत्तेजक कार्य’को कडा निन्दा गरेको जनाएको छ ।
उत्तर कोरियाबाट क्षेप्यास्त्र प्रहार गर्ने यो कारबाही यस्तो समयमा गरिएको हो जब अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा छन् र त्यहाँका धेरै प्रमुख नेताहरूसँग भेटघाट गर्दैछन् ।
अहिले दक्षिण कोरिया राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक-योलले हालै देशमा मार्सल ल लागू गर्ने असफल प्रयास गरेका थिए। यसपछि उनले पदबाट राजीनामा दिएर महाभियोगको सामना गर्नुपरेको थियो ।
अहिले उनीमाथि गिरफ्तारीको तरवार लटकिरहेको छ । देशमा जारी गतिरोध अन्त्य गर्न ब्लिन्केन दक्षिण कोरिया पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण