नेपालको पुँजी बजारमा प्राप्त विदेशी मुद्रा भित्र्याउने सरकारको तयारी छ : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पुँजी बजारमा प्राप्त विदेशी मुद्रा भित्र्याउने सरकारले तयारी गरिरहेको बताएका छन् । नेपाल निर्यात परिषद्को २७औँ वार्षिक साधारण सभाको सम्बोधन गर्दै उनले विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरू बनाइरहेको बताए ।
लगानीको मुनाफा सुनिश्चित गर्न नीतिगत सुधारमा सरकार लागिपरेको उनको भनाइ थियो ।
यसैगरी मन्त्री भण्डारीले नेपालको उत्पादन अन्यत्र निर्यातका लागि निजी क्षेत्रले उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने,‘नेपालबाट ठुलो श्रमशक्ति विदेश गइरहेको छ । त्यसले नेपालको उत्पादनमा असर परिरहेको अवस्थामा उक्त श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाई रोजगारी बढाउनु पर्दछ, ‘उनले भने,‘उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सृष्टि गर्नु आजको आवश्यकता हो ।’
मन्त्री भण्डारीले आयातमुखी बजारलाई निर्यातमुखी बनाउन उत्पादित बस्तुहरूको प्रतिस्पर्धी क्षमतामा अभिवृद्धि गरी निर्यात प्रवर्धनको माध्यमबाट सम्पूर्ण नेपाली निर्यातित बस्तुहरूको निर्यातमा उल्लेख्य वृद्धि गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण