भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा सञ्चालन भइरहेको स्नातक तह प्रथम वर्षको परीक्षा समय १५ मिनेट थप गरिएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । जसले गर्दा बिहान सात बजेदेखि सञ्चालन हुने स्नातक तह प्रथम वर्षको परीक्षा प्रभावित बनेको थियो । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा समय १५ मिनेट थप गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार भूकम्पका कारण विद्यार्थीहरू त्रसित बनेपछि परीक्षा समय थप गरेको हो ।
परीक्षा सुरु हुनै लाग्दा भूकम्प गएपछि परीक्षा के गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको थियो । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयले देशभरका परीक्षा केन्द्रहरूलाई समयमै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
प्रभावित भएका परीक्षाहरूको हकमा परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूको परीक्षा समय सोही अनुसार थप गरी निर्धारित समयभित्र सञ्चालन गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण