राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रथम वार्षिक उत्सव
काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (गठन) आदेश, २०८० जारी भएपछि बनेको प्रतिष्ठानले पहिलो वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले विदेशमा रहँदा सिकेका सीप, वर्किङ कल्चर तथा कमाएको पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताए । त्यसका लागि प्रतिष्ठानले प्रदान गर्ने तालिमलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट मान्यता दिलाउने कार्यमा अग्रसर भएर लाग्नुपर्ने बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिएर गएका र तालिम नलिई ईपीएसमार्फत कोरिया जानेहरूको कार्यसम्पादन कस्तो रहेको छ भन्ने विषयमा अध्ययन गर्नुपर्ने बताए । प्रतिष्ठानको कार्यसंचालनका लागि आवश्यक पर्ने नियम, निर्देशिका तथा कार्यविधि तयारीमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने विचार व्यक्त गरे ।
प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले प्रतिष्ठानको गतिविधिमाथि जानकारी दिएका थिए । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, ललितपुर तथा व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी र बुटवलबाट छोटो अवधिको आधारभूत तथा एड्भान्स तहका सीपमूलक व्यावसायिक तालिमहरू सञ्चालन भइरहेको जनाए ।
कार्यस्थलमा आधारित (एप्रेन्टिशिप) तालिम सञ्चालन कार्यविधि, २०८१ स्वीकृतिको क्रममा रहेको उनको भनाइ थियो । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, ललितपुर तथा व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी, बुटवल र वलवाको लागि आवश्यक स्थायी जनशक्ति व्यवस्थापन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य भइरहेको बखतीले बताए ।
वर्तमान अवस्थामा छिमेकी मुलुकका कालीगढ र सीपयुक्त श्रमिकहरूले नेपाली श्रम बजारमा प्रभुत्व जमाइरहेको स्थिति छ । यसको समाधानका लागि स्वदेशी युवालाई सशक्त बनाउनुपर्ने आवश्यकता रहेको भन्दै मन्त्रालयले प्रतिष्ठान मार्फत ती कार्य अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण