कास्की अदालतबाहिर रास्वपा कार्यकर्ताद्वारा ओली र थापाविरुद्ध नाराबाजी
मङ्गलबार, २३ पुस २०८१, १९ : ४१
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विरुद्ध नाराबाजी गरेका छन् । कास्की जिल्ला अदालतअघि उनीहरूले मंगलबार प्रदर्शन गरेका हुन् ।
रास्वपाका संस्थापक सभापति (निलम्बित) रवि लामिछानेलाई अदालतको बहस सिध्याएर निकाल्ने क्रममा उनका समर्थकहरूले प्रधानमन्त्री ओली र कांग्रेस महामन्त्री विरुद्ध नारा लगाएका हुन् । सत्तापक्षले सरकारी वकिललाई दबाब दिएर रवि विरुद्ध मुद्दा दर्ता गरेको रवि पक्षका वकिलहरूले बहस गरेका छन् ।
रविका समर्थकहरूले त्यही बुझाइका आधारमा प्रदर्शन गरेका हुन् । मंगलबार रविपक्षीय कानुन व्यवसायीहरूले बहस सिध्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण