काराबाओ कपको सेमिफाइनल : पहिलो लेगमा आर्सनल हार्यो
बुधबार, २४ पुस २०८१, ०५ : ४४
काठमाडौं । प्रिमियर लिगको शीर्ष क्लब आर्सनलले इएफएल अर्थात् काराबाओ कपको सेमिफाइनल पहिलो लेग गुमाएको छ । मंगलबार राती भएको इमिरेट्स स्टेडियममा भएको पहिलो लेग न्यूक्यासल युनाइटेडले २–० ले आफ्नो पक्षमा पार्यो ।
न्यूक्यासलका लागि एलेक्जेन्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे । न्यूक्यासलले कहिल्यै यो प्रतियोगिता जितेको छैन । तर, आउँदो फेब्रुअरी ५ मा सेन्ट जेम्स पार्कमा हुने दोस्रो लेगमा जित हासिल गरे वा गोल अन्तरमा माथि रहे न्यूक्यासलका लागि तीन सिजनमा दोस्रो फाइनल हुनेछ ।
पहिलो लेग गुमाएको आर्सनललाई अगाडि जान जितले मात्रै पुग्ने छैन, फराकिलो गोल अन्तर चाहिने छ । यस्तै, बुधबार राती हुने अर्को सेमिफाइनल पहिलो लेगमा बुधबार राती टोटन ह्याम र लिभरपुल भिड्दै छन् । यो प्रतियोगिताको फाइनल भने १६ मार्चमा वेम्बलीमा हुने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण