लमजुङबाट नवीकरण नभएका ११४ थान हतियार बरामद
लमजुङ । प्रहरीले लमजुङका विभिन्न गाउँबाट लामो समयदेखि बरामद नगरेका ११४ थान हतियार बरामद गरेको छ । सबैभन्दा धेरै १०७ थान भरुवा बन्दुक बरामद गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले पटक पटक मौका दिँदा पनि नवीकरण नगरिएका ११४ थान हतियार बरामद गरिएको लमजुङका डीएसपी निशान्त श्रीवास्तवले रातोपाटीलाई बताए । पछिल्लो ३ महिनाको अवधिमा २२ बोर हर्नेट, १२ बोर दुई नाले, एकनाले वृज लोडिङ राइफल र १२ बोर दुई नाले बन्दुक बरामद गरिएको डीएसपी श्रीवास्तवले बताए । अवैध रूपमा हतियार राखेको भेटेपछि दुई जनालाई प्रहरीले मुद्दा चलाएको छ ।

स्थानीयले ४ सय ७० थान हतियार द्वन्द्वकालमा बुझाए पनि त्यसको रेकर्ड जिल्ला प्रशासन कार्यालयबाट हटाइएको थियो । ती हतियार रुजु गरेर अहिले लगत राखिएको छ ।
बरामद गर्नुपर्ने ७६४ थान हतियारको विवरण तयार गरेर प्रहरीले ३ महिनासम्म हतियार सङ्कलन गर्ने अभियान चलाएको थियो । आफ्नो घरमा रहेका हतियार बुझाउन सूचना नै जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण