रोजगारी सृजना र युवा पलायन रोक्न उद्योग क्षेत्र फस्टाउन जरुरी छ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले रोजगारी सृजना र युवा पलायन रोक्न उद्योग क्षेत्र फस्टाउन जरुरी रहेको आंैल्याएका छन् । उनले राजनीतिक नेतृत्व, प्रशासन र नागरिकहरूमा सुधारको आवश्यक रहेको बताए ।
मकवानपुर उद्योग वाणिज्य संघको हेटौंडामा आयोजित ५८ औँ साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले देश विकास र सुशासनको लागि सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताए । नेपालीले उत्पादनका काम छाड्दा आर्थिक रूपमा समस्या भएको भएको उनको भनाई छ । उद्योग क्षेत्रले स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।
‘ऐन कानुन परिमार्जन गरेर विकास र समृद्धिको बाटोमा अघि बढ्नु पर्छ । विकास निर्माण र समृद्धिको यात्रामा एकताबद्ध हुन जरुरी रहेको छ,’ उनले भने, ‘स्थानीय स्तरको सम्भावनाको आधारमा उत्पादनमा केन्द्रित हुन जरुरी छ । व्यवसायीहरू पनि वाणिज्यमा मात्र केन्द्रित भएका छन् । वाणिज्यलाई मात्र प्राथमिकतामा राखेर हुँदैन । उत्पादनमा अग्रसर हुन जरुरी छ ।’
राज्यले उद्योगीलाई आवश्यक सुविधासहित उत्पादन वृद्धिमा जोड दिनुपर्ने उनको भनाई छ । उनका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था गम्भीर रहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि आम व्यक्तिहरूको सबै विषय अध्यवधिक गर्न जरुरी रहेको उनले कताए । लगानीमैत्री वातावरण तयार गर्न प्रदेश सरकारले लगानी बोर्ड गठन गर्ने तयारी गरेको उनले बताए ।
कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ९ करोड रुपैयाँ खर्च गरेर लगानी सम्मेलन मार्फत ६ अर्ब लगानी प्रतिबद्धता लिएपनि कार्यान्वयन हुन नसकेको बताए । उनले स्थिर सरकारका कारण, कर्मचारी तन्त्र, ऐन कानुन र नेतृत्वको कमजोरीका कारण विदेशीहरूले नेपालमा लगानी गर्न नचाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण