दुर्गा प्रसाईं समर्थकले गभर्नर र पवन गोल्यानलाई दिएका थिए धम्की
बुधबार, २४ पुस २०८१, १९ : ५७
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले भारतबाट गुण्डा नाइके लरेन्स बिस्नोइको नाममा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अन्य दुईजना व्यापारीलाई धम्की दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रसाईंको निर्देशनमा हरिचन्द्र फुयल र रामचन्द्र मैनालीले धम्की दिएका हुन् ।
तेह्रथुम घर भएर बिर्तामोड बस्ने रामचन्द्र मैनाली फरार छन् । काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार उनीहरुले गभर्नर अधिकारीलाई ज्यान लिने र अंगभंग बनाउने धम्की दिएका हुन् । व्यवसायी दिपेन्द्र अग्रवाल र पवन कुमार गोल्यानलाई उनीहरुले लरेन्स बिस्नोइको सदस्य तथा सुटर हुँ भनेर धम्की दिएको प्रहरीको अनुसन्धान खुलेको छ ।
सरकारी वकिलले प्रसाईंसहित ३ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण