प्रसाईंका मान्छेले व्यापारीलाई धम्क्याउन लगाए, तर कबुल गरेको रकम दिएनन् : हरिचन्द्र
काठमाडौँ । भारतीय गुण्डा नाइके लरेन्स बिस्नोइको नाम लिएर नेपालमा व्यापारीलाई धम्की दिने हरिचन्द्र फुयल उर्फ नविनविरुद्ध आपराधिक लाभ र संगठित अपराध गरेको कसुरमा मुद्दा दर्ता भएको छ । झापाको मेचिनगर–१३ स्थित चारआलीमा बस्ने फुयलले दुर्गा प्रसाईं निकट रामचन्द्र मैनाली र बिर्तामोडका राकेश मैनालीले आफूलाई रकम दिएर नेपालका व्यवसायीलाई धम्की दिन लगाएको बयान दिएका छन् ।
पाँचथर र इलामबाट नौनी घिउ कलेक्सन गरेर आसाम र मणिपुर लगेर बेच्दै आएका हरिचन्द्रले आफूले भरतबाट नेपालका व्यवासायी दिपेन्द्र अग्रवाललाई धम्की दिएको अनुसन्धान अधिकृतहरुसँग स्वीकार गरेका छन् । तर, धम्की दिएबापत प्रसाईं समूहले कबुल गरेको ३ लाख रुपैयाँ नपाएको उनले बताएका छन् ।
प्रसाईंले आफू समेतलाई दिने भनेर गुलाम भन्ने व्यक्तिको खातामा ५ लाख डिपोजिट गरेको बताएपनि सो रकम आफूले नपाएको उनले बताएका छन् । ‘फोनमा मैले दुर्गा प्रसाईंलाई सहयोग गरे बापतको मलाई दिने भनेको रकम ३ लाखको बारेमा दुर्गा प्रसाईंसँग कुरा भएको हो । तर, पैसा गुलाम भन्ने व्यक्तिको नेपाल बैंकको खातामा म समेतलाई दिने भनेर ५ लाख डिपोजिट गरेको भौचर मेरो मोबाइलमा पठाएको छ ।’
भौचर पठाए पनि कबुल गरेको ३ लाख रुपैयाँ नपाएको उनले बताएका छन् । बयानमा फुयलले भनेका छन्, ‘दुर्गा प्रसाईंले भने अनुसार धम्क्याए बापतको रकमको भौचर पठाएपछि, रकम मैले पाएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण