लस एन्जलसमा आगलागी, अहिलेसम्म पाँच जनाको मृत्यु
वासिङ्टन डीसी । अमेरिकाको लस एन्जलसमा जङ्गलमा भएको आगलागीमा मर्नेको संख्या पाँच पुगेको छ । लस एन्जलस शेरिफको कार्यालयले मृत्युको पुष्टि गरेको हो । यसअघि अधिकारीहरूले दुई जनाको मृत्युको पुष्टि गरेका थिए । दुवै मृत्यु अल्टाडेना क्षेत्रमा रहेको इटनमा आगलागीका कारण भएको बताइएको छ ।
लस एन्जलस काउन्टी अग्नि नियन्त्रक प्रमुख एन्थोनी म्यारोनका अनुसार इटनको आगो अहिले १० हजार ६०० एकडसम्म फैलिएको छ । यो अझै नियन्त्रणमा आएको छैन ।
‘दुर्भाग्यवश पाँच जनाको मृत्यु भएको छ र केही घाइते भएका छन् । अहिलेसम्म एक हजारभन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।’ उनले भने ।
एरिजोना सहित क्यालिफोर्निया बाहिरका अधिकारीहरू अग्नि नियन्त्रकहरूलाई सहयोग गर्न आएको पनि उनले बताए । आगलागीलाई हेरेर लस एञ्जलसमा आपत्काल घोषणा गरिएको छ । सर्वसाधारणहरूलाई सतर्क रहन चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण