श्रीलङ्का भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, कमिन्सको अनुपस्थितिमा स्मिथ कप्तान
काठमाडौँ । श्रीलङ्काविरुद्धको टेस्ट शृङ्खलाका लागि क्रिकेट अस्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको छ । श्रीलङ्का भ्रमणका क्रममा अस्ट्रेलियाले आयोजक राष्ट्रसँग दुई टेस्टको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । यो शृङ्खला आईसीसी विश्व टेस्ट च्याम्पियनसिपकै एक भाग हो ।
अस्ट्रेलिया र श्रीलङ्काबिचको पहिलो टेस्ट जनवरी २९ तारिखमा गालेमा सुरु हुनेछ । दोस्रो टेस्ट पनि फेब्रुअरी ६ तारिखमा गालेमै सुरु हुनेछ । श्रीलङ्का भ्रमणका लागि घोषित अस्ट्रेलियन टोलीमा नयाँ खेलाडी कुपर कोनोलीलाई पनि समेटिएको छ ।
कुपरले हालसम्म टेस्ट क्रिकेट खेलेका छैनन् । नाथन म्याकस्विनीलाई पनि टोलीमा फिर्ता बोलाइएको छ । हालै सम्पन्न भारतविरुद्धको टेस्ट शृङ्खलामा गतिलो प्रदर्शन गरेपछि युवा ब्याट्सम्यान साम कोन्सटस र बेउ वेबस्टरलाई पनि टोलीमा स्थान दिइएको छ ।
बायाँहाते स्पिनर म्याट कुहनेम्यान र अफस्पिनर टोड मर्फीलाई पनि टोलीमा समावेश गरिएको छ । यी दुई बलरले नाथन लियोनसँग मिलेर श्रीलङ्काको ब्याट्सम्यानहरुलाई धरापमा पार्ने प्रयास गर्नेछन् । टोलीमा कप्तानको जिम्मेवारी भने स्टिभन स्मिथलाई दिइएको छ ।
टोलीका नियमित कप्तान प्याट कमिन्स भने श्रीलङ्का भ्रमणमा उपलब्ध हुने छैनन् । उनले व्यक्तिगत कारणले बिदा लिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । श्रीलङ्का र अस्ट्रेलियाबिचको शृङ्खलाले टेस्ट च्याम्पियनसिपको फाइनल यात्रामा भने कुनै फरक पार्नेछन् । दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगिसकेका छन् ।
घोषित अस्ट्रेलियन टोलीमा स्टिभन स्मिथ, सिन एबट, स्कट बोल्यान्ड, एलेक्स केरी, कुपर कोनोली, ट्राभिस हेड, जस इङ्लिस, उस्मान ख्वाजा, साम कोन्सटस, म्याट कुहनेम्यान, मार्नस लाबुशेन, नाथन लियोन, नाथन म्याकस्विनी, टोड मर्फी, मिचेल स्टार्क र बेउ वेबस्टर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण