कपालमा चाया परे कसरी स्याहार गर्ने ?
काठमाडौँ । साधारणतया जाडो महिनामा मात्रै चाया पर्छ भने त्यसलाई सामान्य रूपमा लिन सकिन्छ । तर, सधैँभरि हुने चायाको समस्यालाई रोगका रूपमा लिनुपर्छ । पछि गएर यसले ठूलो समस्या हुन सक्छ ।
जाडो याममा बढी चाया देखिने व्यक्ति सामान्यतया सफासुग्घर रहनुपर्छ । सातामा दुई वा तीनपटक सामान्य खालको स्याम्पु, मोस्चराइजरयुक्त वा कन्डिस्नरयुक्त स्याम्पु वा कन्डिस्नर छुट्दै प्रयोग गर्नुपर्ने हुन्छ । यति गर्दा पनि निको भएन भने चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
छाला तथा सौन्दर्य विशेषज्ञ प्रा. डा. धर्मेन्द्र कर्णका अनुसार जाडो भयो कि चिया–कफी खाइन्छ । हिटर र एसीको प्रयोग वा आगो ताप्ने गरिन्छ । तर, यसले गर्दा बाहिरको आद्र्रता कम गराइदिन्छ । बाहिरी वातावरण नै सुक्खा हुन्छ । यसले चाया बढाउने काम गर्छ ।
‘धेरैको कपाल धेरै झ¥यो, पानीको फोका देखियो भन्ने गुनासो हुन्छ । यदि ढुसीजन्य चाया छ भने त्यस्तो समयमा पानी भरेको फोका पनि आउँछ । कन्याउँदा घाउ पनि हुन्छ,’ डा. झाले भने, ‘स्याम्पु भनेको कपाल सफा गर्ने पदार्थ हो । तर, यो प्रयोग गर्दा पनि तपाईंलाई चायाको समस्या छ भने यसका अन्य कुनै कारण हुन सक्छ ।’
फंगसका कारण परेको चायामा एन्टी फंगल स्याम्पुको प्रयोग आवश्यक पर्छ । यो मेडिकल पसलमा पाइन्छ । यो बढी प्रभावकारी हुन्छ । कहिलेकहीँ औषधि पनि खानुपर्ने हुन्छ । त्यसकारण उपचारभन्दा पहिले चिकित्सकसँग परीक्षण गराउनुपर्छ । साधारण खालको चाया भए नुहाउनुअघि तेल लगाउनुपर्छ । नुहाउनुभन्दा कम्तीमा ३० मिनेटदेखि एक घण्टा पहिला कपालमा तेल लगाउनुपर्छ ।
‘आफूलाई मन पर्ने तेल लगाउनुस् । तर, विज्ञानले देखाएअनुसार नरिवल तेल सबैभन्दा राम्रो हुन्छ,’ उनले भने, ‘किनभने, यसमा एन्टी फंगल र एन्टी ब्याक्टेरियल गुण हुन्छ । त्यस्तै जैतुनको तेल (ओलिभ ओयल) पनि राम्रो मानिन्छ ।’
उनले नेपालमा सबैभन्दा बढी पाइने तोरीको तेल कपालका लागि प्राथमिकतामा नरहेको बताए । ‘पहिलो प्राथमिकतामा तोरीको तेल राख्दैनौँ । किनभने, यसले कहिलेकाही उल्टो रियाक्सन गर्छ,’ उनले भने, ‘यो तेल लगाएर घाममा बसेमा छाला रातो भइदिन्छ ।’
पानी प्रशस्त मात्रामा सेवन गर्ने, कम्तीमा साताको तीनपटक नुहाउने, स्याम्पु लगाउनेबित्तिकै तुरुन्तै ननुहाएर कम्तीमा पनि पाँच मिनेट स्याम्पु कपालमा राखेपछि मात्र नुहाउनुपर्छ । नुहाइसकेपछि जीउमा पनि तेल वा लोसनको प्रयोग गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण