पर्यटन समितिका सभापति यादव र नेमकिपा सांसद सुवालबिच भनाभन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबिच भनाभन भएको छ । .
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा भनाभन भएको हो ।
सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढङ्गले नौटङ्की गर्ने भन्दै सुवाललाई हप्काएका थिए । सुवालले समितिका सभापति निरंशुक ढङ्गले चल्न नहुने बताइरहँदा सभापति यादवले भने निरंशुक बन्ने भन्दै जवाफ फकाएका थिए ।
नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए । यसअघि समितिमा माओवादी सांसद सुदन किरातीसँग पनि सभापति यादवको भनाभन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण