यथास्थितिमा वायुसेवा निगम सञ्चालन सम्भव छैन : पूर्वमन्त्री किराती
काठमाडौँ । पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यथास्थितिमा वायुसेवा निगम सञ्चालन सम्भव नभएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकमा किरातीले निगमको प्रयासले मात्र निगम सुधार सम्भव नभएको बताएका हुन् ।
किरातीले आफू मन्त्री हुँदा जहाज किन्न लगाएको टेण्डर प्रक्रिया कहाँ पुग्यो भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग प्रश्न गरेका थिए ।
साथै निगमसँग जहाज हुनुपर्ने अनिवार्य सर्त भएका भन्दै उनले जनतालाई सर्वसुलभ सेवा दिनुपर्नेमा घरेलु मैदान नै खाली भएको प्रतिक्रिया राखेका थिए । जहाजको अभावसँगै बजार हस्तक्षेप नहुँदा भाडा नियन्त्रण नभएकाले जनता प्रत्यक्ष मारमा परेको किरातीको भनाइ छ ।
‘मैले जहाज किन्ने टेण्डर लगाएको कहाँ गयो ? सरकार अभिछिन्न उत्तराधिकारी हो कि होइन ?’, मन्त्री पाण्डेसँग किरातीले प्रश्न गर्दै भने ।’
आज निगम दुहुना गाई जस्तै भएको, एकल प्रयासले मात्र सुधार सम्भव नभएको भन्दै यसकाल लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण