फष्टलुक्समा यस्तो देखियो फिल्म ‘गुरु आमा’
बिहीबार, २५ पुस २०८१, १५ : ५७

काठमाडौँ । फिल्म ‘गुरु आमा’को फष्टलुक्स अर्थात पहिलो पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फष्टलुक्स सार्वजनिक गरिएको हो । पोष्टरमा कलाकार मिथिला शर्मा, बुद्धि तामाङलगायत कलाकार देखिएका छन् ।
फिल्मका निर्माता तथा निर्देशक प्रेम सोनी सुनार हुन् । फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्ब कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको अभिनय छ ।
फिल्मले किशोर किशोरी कसरी दुर्व्यसनमा फस्छन्, सन्तान बिग्रनुमा सङ्गत र अभिभावक कत्तिको जिम्मेवारी हुन्छन् भन्ने विषय कथा बनाएको छ । फिल्मले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्धमा सुधार ल्याउने निर्देशक सुनारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा
-
रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
-
१२ बजे १२ समाचार: यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको आदेश, फेरियो राजावादीको रणनीति
-
आईसीसी विश्वकप लिग २ः नेदरल्यान्डसविरुद्ध नेपाल ५ विकेटले विजयी