लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?

बुटवल । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले लुम्बिनी प्रदेश तथा स्थानीय तहबिच समन्वय तथा विवाद समाधान सम्बन्धी विधेयकको अवधारणा पत्र स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
यस्तै प्रदेश मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयन सम्बन्धी विषयको प्रदेश अनुगमन इकाई गठन गर्ने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकमा अनुप बाँस्कोटालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । पाँच वर्षे कार्यकालका लागि बाँस्कोटालाई पुनः नियुक्त गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार