रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना पक्राउ
बुटवल । अदालतको फैसलापछि पनि फरार रहेका विभिन्न मुद्दाका १२ जना प्रतिवादीलाई रुपन्देही प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतमा रहेका विभिन्न प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ का जितबहादुर पाईजा र प्रकाश मल्ल, रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का रतनअहिर यादव, कोटहीमाई गाउँपालिका–३ का बिक्रमादेवी मिश्रा, रमा शंकर मिश्रा र शिवशंकर मिश्रा, कोटहीमाई गाउँपालिका–५ का कन्हई प्रसाद गडेरिया छन् ।
यस्तै रोहिणी गाउँपालिका-३ का शिवशंकर कुर्मी, प्रेमप्रसाद कुर्मी, पुजारी कुर्मी र सन्दीप कुर्मी र सिद्धार्थनगर नगरपालिका–४ का राधेश्याम अहिर पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सूचना अधिकारी सुरज कार्कीले पक्राउ परेका प्रतिवादीहरूमाथि बैंकिङ कसुर, चोरी, लेनदेन, अंशबन्डा, सवारी ज्यान, जालसाजी र कर्तव्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा सजायको फैसला गरेका रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
विश्व योग दिवसको अवसरमा दशरथ रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण