प्रेस सेन्टर रुपन्देहीको अध्यक्षमा पोखरेल चयन
बुटवल । नयाँ नेतृत्व चयन गर्दै प्रेस सेन्टर नेपाल रुपन्देहीको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिहीबार राति अबेर सम्पन्न अधिवेशनले विष्णु पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंक सुनार र माया केसी, सचिवमा सनु थापा, सह–सचिवमा रिया बस्नेत र कल्पना घिमिरे तथा कोषाध्यक्षमा भरत पाण्डे रहेका छन् भने कार्यसमिति सदस्यमा सुनिता चुदाली, नेत्र रुचाल, जगलाल नेपाली, रेशम अधिकारी लगायत रहेका छन् ।
सेन्टरको आठौँ अधिवेशनले अध्यक्षको प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको सङ्गठनका निर्वाचन मण्डल संयोजक तथा अनुशासन आयोगका केन्द्रीय सचिव गुनाराम घिमिरेले जानकारी दिए ।
अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, प्रेस सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विश्वकर्मा, जिल्ला इन्चार्ज सरु राना, पूर्व अध्यक्ष कमल रायमाझी लगायतले जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए । वक्ताहरूले जनपक्षीय पत्रकारिता कमजोर हुँदै गएको उल्लेख गर्दै प्रेस सेन्टरमा आबद्ध पत्रकारले आवाज विहीनको आवाज बनेर पत्रकारिता गर्नुपर्ने बनाउनुपर्ने बताए।
प्रेस सेन्टरले यही माघ १६ देखि १७ गतेसम्म महाधिवेशन गर्दै छ । राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप हरेक पालिका र जिल्लामा अधिवेशन गरिसकेको प्रेस सेन्टरले लुम्बिनी प्रदेश अधिवेशन माघ ७ र ८ गते दाङमा गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण